२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • नेकपा कास्कीद्वारा एसपीपी सम्झौता, ...
--4597

नेकपा कास्कीद्वारा एसपीपी सम्झौता, बढ्दो महङ्गी र मुल्य वृद्धिकोविरुद्ध प्रदर्शन

नेकपा कास्कीद्वारा एसपीपी सम्झौता, बढ्दो महङ्गी र मुल्य वृद्धिकोविरुद्ध प्रदर्शन

आइतवार, आषाढ ५ २०७९
आइतवार, आषाढ ५ २०७९
  • कास्की । नेपाल कम्युनिस्ट पार्टी कास्कीले एसपीपी सम्झौता, बढ्दो महङ्गी र मुल्य वृद्धिको विरुद्ध पोखराको चिप्लेढुङ्गामा प्रदर्शन गरेको छ ।

    नेपाल सरकारले एमसीसी सम्झौता संसद बाट पारित गरेको तीन महिना मै अमेरिकी सेनालाई नेपाली भुमिमा प्रवेश गर्नको लागि उपयुक्त वातावरण बनाउन फेरि एसपिपि सम्झौता गर्न लागेको भन्दै नेकपाले देशको स्वाधीनताको पक्षमा देशब्यापी आन्दोलन गर्दै आईरहेको छ ।

    यसै क्रममा नेकपा कास्कीले पार्टी केन्द्रको पुर्व निर्धारित कार्यक्रम अनुसार नै कास्कीमा प्रदर्शन गरेको विधार्थी नेता युवराज थापाले जानाकारी दिए । मानवअधिकार चोकबाट सुरु भएको जुलुस चिपलेढुङ्गा परिक्रमा गरि मानवअधिकार चोकमानै आएर कोणसभामा परिणत  भएको थियोे ।

    कोणसभालाई जिल्ला सचिवालय सदस्य इन्द्र साउदले सञ्चालन गरेका थिए भने जिल्ला सेक्रेटरी काजी गुरुङले सम्बोधन गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij