बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले १३ औं केन्द्रिय समिति बैठकको योजनाको पहिलो बैठक नवौं राष्ट्रिय महाधिवेशन भब्यताका साथ सम्पन्न गर्ने निर्णयसहित बैठक सम्पन्न गरेको छ ।
महाधिवेशनका लागि जिल्लामा आवश्यक तयारीकालागि विभिन्न कार्य विभाजनहरु गरिएको नेकपा स्रोतले बताएको छ ।
नेकपा रुपन्देहीले पार्टी केन्द्रले लिएको योजना राजनैतिक वैचारिक कामदेखि उत्पादन गर्ने काममा केन्द्रित भएर सामुहिकतामा लाग्दै पार्टीभित्र देखिएको अवसरवाद,गुटवाद, पलायनवादविरुद्व कडा सङ्घर्ष गर्दै एकिकृत जनक्रान्तिलाई उचाइमा पुर्याउँदै पार्टीको नवौं महाधिवेशन भब्यताकासाथ सम्पन्न गर्न नेकपा रुपन्देही लाग्ने नेकपाले बताएको छ ।
