कपिलवस्तु\नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुद्वारा सम्पुर्ण राजबन्दी रिहाईको माग गर्दै ,mcc र spp सम्झौता बिरुद्ध मसाल जूलूस सम्पन्न भएको छ ।
नाराजुलुस सहित गजेहडा चोकमा आयर कोणसभामा परिणत भएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी कमल केसि ले , सरकार एक पछि अर्को रास्ट्रघातमा लागेको र यस्तो हर्कत अब नेपाली जनतालाइ सैहय नहुने जिकिर गर्नु भयो । साथै सरकार संग नेकपाले गरेको ३ बुदे सम्झौता राज्य पक्षबाट कार्यनयन नभएको अझै ७० भन्दा बढी नेता झुट्टा मुदाको सामना गर्दै जेल जीवन बिताइरहेको प्रती आफ्नो पार्टी गम्भीर भएको बताउनु भयो ।
साथै अमिरिकी साम्राज्यवादको ठाडो हस्तक्षेप का बिरुद्ध नेपाल कम्युनिस्ट पार्टी निरन्तर लडिरहने उहाले बताउनु भयो । कार्यक्रमको सन्चालन थारु रास्ट्रीय मुक्ती मोर्चाका केन्द्रिय अध्यक्ष सुनिल थारुले गर्नु भएको थियो ।
