२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • बुटवलमा नेकपाद्धारा एसपीपी सम्झौता र बन्दी...
--4587

बुटवलमा नेकपाद्धारा एसपीपी सम्झौता र बन्दी रिहाइको माग गर्दै मसाल जुलुस

बुटवलमा नेकपाद्धारा एसपीपी सम्झौता र बन्दी रिहाइको माग गर्दै मसाल जुलुस

शुक्रवार, आषाढ ३ २०७९
शुक्रवार, आषाढ ३ २०७९
  • पदम पराजुली । बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले राजबन्दी रिहाई पक्षमा तथा एसपिपी सम्झौताको विरुद्धमा देशव्यापी मसाल जूलूस कार्यक्रम अन्तरगत रुपन्देहीको बुटवलमा पनि मसाल जूलूस सम्पन्न गरेकाे छ ।

    बुटवलको पुल्चोक दुर्गामन्दिर बाट सुरु भएर बजार परिक्रमा गरि गोलपार्क चोकमा आएर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा बाेल्दै नेकपाका जिल्ला नेता एवं रूपन्देही १ नम्बर कमाण्ड इन्चार्ज बिरेन्द्र बि.कले केपि ओलि नेतृत्वको सरकार र नेकपा बीच भएको तीन बुदे सहमति यो सरकारले पालना नगरी सहमति भएको एक बर्ष सम्म पनी सम्पुर्ण राजबन्दी रिहाई नगरिएको र यो सरकार विरुद्ध अर्को आन्दोलन गर्न बाध्य पर्न खोजेको बताए।

    अमेरिकी साम्राज्यवादले विभिन्न बाहानामा हस्तक्षेप गरेकाे बिषयमा बिगत देखि नै एमसीसी संझाैता नेपालकाे राष्ट्रिय स्वाधिनताकाे पक्षमा,नेपाली जनताकाे पक्षमा ,नेपालकाे विकास निर्माणकाे पक्षमा नभएकाे र राष्ट्रघाती संझाैता भएकाे भन्दै यसलाई खारेज गर्नुपर्ने मागसहित नेकपाले निरन्तर संङ्घर्षमा लाग्ने बताए । पेट्राेलियम पदार्थकाे मूल्य वृद्वि रूपमा भएपनि नेताहरु चुपचाप बसेकाे र गरिब जनताहरुले साझा बिहानको चुलो बल्ल नसक्ने अबस्थामा भएको बताए ।

    बढ्दाे मूल्य वृद्वि तत्काल खारेज गर्नुपर्ने भन्दै यसका विरुद्व नेकपा निरन्तर लाग्ने बताए । कार्यक्रममा नेकपा रुपन्देही जिल्ला जिल्लाका नेतातथा कार्यकर्ता सहितकाे उपस्थिती रहेकाे थियाे कार्यक्रम को संचालकननेकपा जिल्ला सदस्य तथा बुटवल नगर सेक्रेटरी एन बि शाहीले गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij