२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • अमेरिकासँग एसपीपी सम्झौता गरे संघर्ष गर्ने...
--4579

अमेरिकासँग एसपीपी सम्झौता गरे संघर्ष गर्ने नेकपाको चेतावनी

अमेरिकासँग एसपीपी सम्झौता गरे संघर्ष गर्ने नेकपाको चेतावनी

बुधवार, आषाढ १ २०७९
बुधवार, आषाढ १ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टीले सरकारलाई स्टेट पार्टनरसिप प्रोगामको (एसपीपी) १० बुँदे सम्झौता नगर्न खबरदारी गरेको छ । पार्टीका प्रवक्ता प्रकाण्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो खबरदारी गरेका हुन् । उक्त स्टेट पार्टनरसिप प्रोगामको (एसपीपी) १० बुँदे सम्झौता नेपाली जनता र राष्ट्रका विरुद्ध भएकोले सम्पूर्ण न्यायप्रेमी जनसमुदाय एकताबद्ध हुन र साम्राज्यवादी हस्तक्षेपको विरोध गर्न नेपाल कम्युनिस्ट पार्टीले विशेष अपिल गरेको छ ।

    प्रवक्ता प्रकाण्डले अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डका प्रमुख जर्नेल चाल्र्स एन्थोनी फिलीनले नेपालको राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग सेनाको मुख्यालयमा भेटघाट गरि स्टेट पार्टनरसिप प्रोगामको (एसपीपी) १० बुँदे सम्झौताको प्रस्ताव गरेको बताउदै राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पारित गरिसकेपछि नेपालमा अमेरिकाले आफ्नो प्रत्यक्ष उपस्थितिलाई मजबुद बनाउँदै आफ्ना गतिविधिहरु बढाइरहेको र यसले एकातिर कुटनीतिक मामिलाको खिल्ली उडाएको छ भने, अर्कोतिर नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौम अधिकारमाथि खुलमखुला धाबा बोलेको ठोकुवा गरेका छन् ।

    उनले देशलाई युद्बको मारमा फसाउने षड्यन्त्रलाई अँध्यारो कोठाबाट स्वीकृत दिने शेरबहादुर देउवा गठबन्धन सरकारको यस प्रकारको हर्कतले मुलु्कको सार्वभौम अधिकारमाथि ठूलो चुनौति खडा भएको बताउदै राष्ट्रियता जस्तो अति सम्वेदनशील विषयमा समेत हल्का ढंङ्गको लिने देउवा सरकारलाई स्टेट पार्टनरसिप प्रोगामको (एसपीपी) १० बुँदे सम्झौता नगर्न खबरदारी समेत गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij