२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
--4577

नेकपाद्धारा बुटवलमा केन्द्रीय प्रशिक्षण सुरु

नेकपाद्धारा बुटवलमा केन्द्रीय प्रशिक्षण सुरु

मंगलवार, जेठ ३१ २०७९
मंगलवार, जेठ ३१ २०७९
  • बुटवल । नेकपा केन्द्रीय समितिको आयोजनामा बुटवलमा संयुक्त राजनीतिक तथा वैचारिक प्रशिक्षण सुरु भएको छ । नेकपाको केन्द्रीय समितिको १३ औं केन्द्रीय समितिको उदयपुरमा सम्पन्न पूर्ण बैठकको भाव सम्प्रेषण गर्न प्रशिक्षणको आयोजना गरिएको हो । 

    रुपन्देही, गुल्मी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, नवलपरासी, नवलपुर जिल्लाको संयुक्त प्रशिक्षण बुटवलमा सुरु भएको हो । करिब २ सयभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा नेकपा महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्य बिषम, केन्द्रीय सदस्यहरुले प्रशिक्षण दिने बताइएको छ । 

    प्रशिक्षणमा पार्टी केन्द्रीय सदस्यहरु, जिल्ला इन्चार्ज, जिल्ला सेक्रेटरी, जिल्ला सल्लाहकार, जिल्ला सदस्यहरु, विशेष कमिटीका सदस्यहरु, सहिद तथा बेपत्ता परिवारजनको सहभागिता रहेको छ । प्रशिक्षणमा संग्रामी सांस्कृतिक परिवारले सांगितिक प्रस्तुति गरिरहेको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij