पदम पराजुलि, बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले अमेरिकी साम्राज्यवादी हस्तक्षेप र राष्ट्रघाती एमसीसी परियोजनाविरूद्व विरोध प्रर्दशन कार्यक्रम बुटवलको मिलन चोकमा सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै नेकपाका जिल्ला सदस्य शिशिरले नेपालमा रास्ट्रघाती एमसीसी सम्झौता संसदबाट पास गरेर नेपाल र नेपालीमाथि ठूलो राष्ट्रघात गरेको बताए । अमेरिकी साम्राज्यवादले विभिन्न बाहानामा हस्तक्षेप गरेको बिषयमा बिगतदेखि नै एमसीसी संझौता नेपालको राष्ट्रिय स्वाधिनताको पक्षमा,नेपाली जनताको पक्षमा ,नेपालको विकास निर्माणको पक्षमा नभएको र राष्ट्रघाती संझौता भएको भन्दै यसलाई खारेज गर्नुपर्ने मागसहित नेकपाले निरन्तर संङ्घर्षमा लाग्ने बताए ।
आइपिएसको सेना प्रमुख नेपालमा आएर निरिक्षण गर्दै छ र नेपाली सेनालाई विभिन्न समस्याका रुपमा ,तालिमका रुपमा परिचालन गरेर रणमैदान बनाउन खोजेको बताए।
साथै निकट भबिस्यमा नेपाली सेना प्रमुख तथा नेपालीको प्रधानमन्त्री अमेरिकाको भ्रमणमा जान लाग्नुको पछाडि केहिन केहि रास्ट्रघाती सम्झौता हुन लगेको समेत बताए ।
राष्ट्रघाती एमसीसी संझौताको नाममा दिनदिनै अमेरिकन सेना र हातहतियार भित्रिनुले पनि नेपालीको अवस्था निकट भविस्यमा युक्रेन भन्दा डरलाग्दो हुने समेत बताए ।
कार्यक्रममा नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वास लगायत जिल्लाका नेता कार्यकर्ता सहितको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन नेकपा जिल्ला सदस्य तथा तिलोत्तमा नगर सेक्रेटरी विज्ञानले गरेका थिए ।
