२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • आँबुखैरेनी–मुग्लिन सडकको अवरोध हट्यो : राति...
--4570

आँबुखैरेनी–मुग्लिन सडकको अवरोध हट्यो : राति पनि सवारी साधन चल्न

आँबुखैरेनी–मुग्लिन सडकको अवरोध हट्यो : राति पनि सवारी साधन चल्न

सोमवार, जेठ ३० २०७९
सोमवार, जेठ ३० २०७९
  • बुटवल । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडक खण्डमा अब राति पनि सवारीसाधन सञ्चालन गर्न पाइने भएको छ। 

     आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएपछि शुक्रबार साँझदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो। आइतबारदेखि भने रातिको अवरोध हटाइएको हो। 

     राति यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार र शनिबार रातको समयमा यातायात सञ्चालनमा रोक लगाएको थियो। निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले आइतबार बेलुकादेखि उक्त अवरोध हटाएर सानाठूला र हेभी सवारी साधनसमेत सञ्चालन गराइएको जानकारी दिए।

     सडक डिभिजन कार्यालय दमौलीले सडक भासिएको कुनापट्टिबाट भित्ता काटिरहेको छ। सडक मर्मत नहुँदासम्म भासिएको खण्डमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ। 

    तर मुग्लिन पोखरा सडकखण्ड निर्माणका लागि याम्पाफाँट र घाँसीकुवा सडकखण्डमा राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन भने यसअघिको सूचनाअनुसार नै बन्द रहने प्रशासनले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij