२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
--4566

रुपन्देही उद्योग महासंघको कार्यशाला तानसेनमा सम्पन्न

रुपन्देही उद्योग महासंघको कार्यशाला तानसेनमा सम्पन्न

आइतवार, जेठ २९ २०७९
आइतवार, जेठ २९ २०७९

  • मुक्ति न्यौपाने,पाल्पा, जेठ २९ । नेपाल घरेलु तथा सानाउद्योग महासंघ रुपन्देहीले तीनदिने संस्थागत विकास विषयक कार्यशाला तानसेनमा सम्पन्न गरेको छ । शुक्रबारदेखी सुरु भएको कार्यशाला आईतबार सम्पन्न भएको हो ।

    कार्यशालाको समापन गर्दै तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीले उद्योगीले देशको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको बताउँदै हरेक व्यक्ति उद्यमी बन्ने आकंक्षा सहितकार्य गरे देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताईन् । 

    ‘उद्योग गरौं, उद्यमी बनौ, देश विकासमा टेवा पु¥याऔं’ भन्ने मूल दृष्टिकोण तथा अभियानबाट उत्प्रेरित नेपालको अर्थतन्त्रलाई धरासायी हुनबाट जोगाउन, चलायमान बनाउन उत्पादनमुखी क्रियाकलापहरुको विकल्प नरहेको निष्कर्श निकालेका हुन् । पाल्पाको तानसेनमा तीनदिनसम्म चलेको कार्यशाला गोष्ठीका सहभागीहरुले घरपरिवार तथा समुदायमा हरेक व्यक्ति कुनै न कुनै वस्तुमा आत्मनिर्भर भएर अगाडी बढ्दा देशको आयातप्रति स्थापनगर्न सक्ने बताएका हुन् । 

    शुक्रबारदेखी आईतबारसम्म पाल्पाको तानसेनमा नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहील संस्थागत विकास विषयक गोष्ठी गरेको हो । गोष्ठीमा सहभागी उद्यमीहरुले वार्षिक कार्ययोजना बनाएका छन् । उनीहरुले उद्यमशीलताको विकासकालागि भन्दै आ–आफ्नो उद्योग तथा व्यवसायलाई उत्पादन बढावादिने तथा लागत न्यूनिकरण कसरी गर्ने भन्ने सहितको योजना बनाएका हुन् । 

    नेपालको अर्थतन्त्र पछिल्ला केही महिनादेखी गम्भिर अवस्थामा रहेको बताउँदै संस्थाका अध्यक्ष ध्रुव कुमार धितालले आयातप्रति स्थापन तथा निर्यात प्रवद्र्धनका कार्य गर्न सके प्रशस्त सम्भावना रहेको बताए । मेहनत, सिर्जना, उत्पादन र वस्तु मेरै नेपालको भन्ने मूल उद्देश्यका साथ संस्थागत सुशासन वृद्दिका लागि कार्यशाला राखिएकोे उनले बताए । 

    कार्यशालामा सहभागीहरुलाई सहजिकरण गर्दै स्रोत व्यक्ति मुकुन्द ज्ञवालीले हरेक नेपालीले आफ्नो खरी दव्यवहार परिवर्तन गर्नु आवश्यक रहेको बताएका थिए । कार्यक्रममा केन्द्रीय सदस्यहरु वसन्त रोका, कनैया लाक शोधन, सल्लाहकार जीव नारायण अधिकारी, टंकनाथ अधिकारी लगायतले नेपाल कृषिमा आत्मनिर्भर बन्न सकेमात्र पनि आयात कम हुने बताएका थिए ।

    संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईको व्यवस्थापन तथा सचिव दिपक खनालको सञ्चालनमा भएको कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ रूपन्देहीमा आवद्द उद्यमीहरूले व्यवसायिक अवसर तथा चुनौतीका विषयमा छलफल गरेका थिए । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij