मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरको पाँचौ पूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी वाटरको प्रमुख आतिथ्यता रहेको थियो। शनिबार बसेको बैठकले शैक्षिक क्षेत्रमा भएको विकृति, विसंगति विरुद्ध शैक्षिक संघर्ष चलाउने, अतिरिक्त क्रियाकलाप संचालन गर्ने र पार्टीको नवौं महाधिवेशनको लागि आवश्यक तयारी गर्ने निर्णय लिएको छ।
समय र परिस्थितिको माग अनुसार नेकपा मकवानपुरको २१ औं पूर्ण बैठक पश्चात अखिल ९क्रान्तिकारी० मकवानपुरको बैठक बोलाइएको हो। बैठकमा संगठनको चौथो पूर्ण बैठकले गरेको निर्णयहरुको कार्यन्वयन सम्बन्धि समिक्षा भएको छ। प्रत्येक पालिका र क्याम्पसहरुमा लिएको जिम्मेवारी निर्वाह, समस्या, चुनौती र कार्यन्वयन सम्बन्धि सबैले रिपोर्ट पेश गरेका थिए।
जिल्ला पार्टीको सर्कुलर वाचन पश्चात बैठकका प्रमुख अतिथि वाटरले प्रशिक्षणात्मक मनतव्य राखेका थिए। उनले निराश नभई नयाँ आशा र दृढ विश्वासका साथ संगठनको कार्यमा जुट्न प्रेरित गर्दै नयाँ थप गरिएका जिल्ला सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका छन्।
अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा मकवानपुरका कार्यवाहक अध्यक्ष ललित घलानको अध्यक्षतामा बसेको बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ। हाल शैक्षिक क्षेत्रमा देखिएका समस्या र माफियाकरणको अन्त्यका लागि शैक्षिक संघर्ष चलाउने, विद्यार्थीको बौद्धिक विकासका लागि अतिरिक्त क्रियाकलाप सन्चालन गर्ने र आगामी आश्विनमा हुन गइरहेको पार्टीको नवौं महाधिवेशनको लागि आवश्यक सम्पूर्ण तयारी गर्ने निर्णय लिएको छ।
शनिबार हेटौंडा स्थित पार्टी कार्यलयमा बसेको बैठकमा अखिल (क्रान्तिकारी)का सचिवालय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज विकेक घलान, जिल्लाका जनपरिषद प्रमुख पुष्प र विशेष जिल्ला सेक्रेटरी पेमाको आतिथ्यता रहेको थियो।
