२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • भन्सार छुटाउने अनुमतिपत्र नदिदा तातोपानी...
--4562

भन्सार छुटाउने अनुमतिपत्र नदिदा तातोपानी भन्सारमै थन्कियो ५ सय मेट्रिक टन मल

भन्सार छुटाउने अनुमतिपत्र नदिदा तातोपानी भन्सारमै थन्कियो ५ सय मेट्रिक टन मल

शुक्रवार, जेठ २७ २०७९
शुक्रवार, जेठ २७ २०७९
  • बुटवल । वर्षा सिजनमै धान र मकैमा हाल्ने रासायनिक मल नपाएपछि किसान यतिबेला हाहाकार परेका छन् । तर उत्तरी छिमेकी चीनसँग खरिद गरिएको रासायनिक मल भने तातोपानी भन्सारको गोदामै थन्किएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भन्सारबाट छुटाउने अनुमतिपत्र नदिदा ५ सय मेट्रिक टन मल भन्सारमै थन्किएको हो ।

    लामो समयदेखि मल अभाव भएकाले मकै, धान र तरकारीका लागि मल नपाउँदा कृषक चिन्तामा परेका छन् । धान लगाउने सिजन सुरू भइसके पनि अझै मल आउने अत्तोपत्तो छैन । बेलैमा मकै, धान र तरकारी जस्ता बालीमा मल हाल्न नपाउँदा कृषक उत्पादन घट्ने चिन्तामा छन् ।
    त्यति मात्र होइन, वर्षे बालीका लागि धान र कोदोको बिउ राख्न समेत ढिलाइ भएको छ । मलको प्रयोग गर्ने याममा वर्षेनी अभावको सामना गर्नुपरेको छ ।

    सरकारले चीनबाट खरिद गरेर ल्याएको मल नाकामै थन्किएर बस्दा किसानलाई अर्को चिन्ता थपेको छ ।
    चीनले नेपाललाई पठाउनुपर्ने ९ सय ८० मेट्रिक टन युरिया र ८० मेट्रिक टन डिएपी मात्र मौज्दात छ । यो मल मन्त्रालयको सम्झौतामा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको लागि सिल्क ट्रान्सपोर्ट कम्पनीमार्फत् भित्र्याउन लागिएको हो । तर मन्त्रालयले स्वीकृति दिएको छैन ।

    मल खरिदका लागि जिम्मा पाएको कम्पनी र मन्त्रालयबीच प्रक्रिया नमिले जफत गर्ने चेतावनी भन्सार कार्यालयले दिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij