२०८३, कार्तिक २९ गते

Nov 14 2026

Logo

२०८३, कार्तिक २९ गते | Nov 14 2026

images
  • खेलकुद
  • नेपालका अलराउन्डर करण बने ५...
--4560

नेपालका अलराउन्डर करण बने ५ विकेट लिने तेस्रो खेलाडी

नेपालका अलराउन्डर करण बने ५ विकेट लिने तेस्रो खेलाडी

शुक्रवार, जेठ २७ २०७९
शुक्रवार, जेठ २७ २०७९
  • बुटवल । नेपालका अलराउन्डर करण केसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेट लिने तेस्रो खेलाडी बनेका छन् । करणले बिहीबार राति आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ओमानविरुद्ध पाँच विकेट लिएका हुन् । 

    यसअघि नेपालका लागि कप्तान सन्दीप लामिछानेले दुई पटक र सोमपाल कामीले एक पटक पाँच विकेट लिएका छन् । सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५२ विकेट लिएका छन् भने करण र सोमपालले समान ३२ विकेट लिएका छन् । 

    करणले अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानका ओपनरद्वय कश्यम प्रजापाति र जतिन्दर सिंहलाई एलबीडब्ल्यू आउट गरेका थिए । आयन खानलाई सोमपाल कामीमार्फत क्याच गरेका करणले सुरज कुमार र फयाज बटलाई बोल्ड गरेका थिए । 

    करणले १० ओभरमा ३८ रन दिएर पाँच विकेट लिएका हुन् । ओमानविरुद्ध करणलाई कप्तान सन्दीप लामिछानेले दुई र सोमपाल कामीले एक विकेट लिएर साथ दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij