२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • अखिल (क्रान्तिकारी) कास्कीको संयोजकमा युवराज र...
--4559

अखिल (क्रान्तिकारी) कास्कीको संयोजकमा युवराज र क्याम्पस जिल्ला संयोजकमा सचिन चय

अखिल (क्रान्तिकारी) कास्कीको संयोजकमा युवराज र क्याम्पस जिल्ला संयोजकमा सचिन चय

शुक्रवार, जेठ २७ २०७९
शुक्रवार, जेठ २७ २०७९
  •  

    अखिल (क्रान्तिकारी)कास्की र क्याम्पस जिल्लाको संयुक्त बैठक  भएको  छ । पोखराको पृथ्वीनारायण क्याम्पसमा बसेको बैठकले कास्कीको संयोजकमा युवराज थापा र सह–संयोजकमा शेरबहादुर विश्वकर्मा तथा क्याम्पस जिल्लाको संयोजकमा सचिन पौडेल र सह–संयोजकमा शिव गौतमलाई चयन गरेको छ ।

    बैठकले संगठन सुदृढ तथा बिस्तार अभियान चलाउने र भाद्रको पहिलो हप्तामा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला सेक्रेटरी काजी गुरुङले युवा विधार्थी नै भबिस्यको कर्णधार भएकोले देशको स्वाधीनता बचाउने र समाजवाद निर्माण गर्ने अभियानमा नयाँ पुस्ता अनिवार्य लाग्नुपर्ने बताए ।

    नयाँ पुस्ताले वर्तमान राजनीति माथि हस्तक्षेपकारी भुमिका खेल्न तयार नहुने हो भने समाज रुपान्तरणमा गति पैदा नहुने बताए । बैठकमा पोखरा नगर सेक्रेटरी प्रकाश बास्तोला, संगठनका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज पुरन पुन लगाएतका नेताहरुको उपस्थिति रहेको थियोे ।

    बैठकको अध्यक्षता युवराज थापाले गरेका थिए भने संचालन सचिन पौडेलले गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij