२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • जेसिबिले उछिट्याएको ढुंगाले लागेर गुल्मीमा एक...
--4555

जेसिबिले उछिट्याएको ढुंगाले लागेर गुल्मीमा एक विद्यार्थीको मृत्यु

जेसिबिले उछिट्याएको ढुंगाले लागेर गुल्मीमा एक विद्यार्थीको मृत्यु

बिहिवार, जेठ २६ २०७९
बिहिवार, जेठ २६ २०७९
  • बुटवल । सडक निर्माणको क्रममा जेसिबिले उछिट्याएको ढुंगाले लागेर गुल्मीमा १४ वर्षका एकजना विद्यार्थीको मृत्यु भएको छ। रूकुम मुसिकोट नगरपालिका–३ का गगन रायमाझीको ढुंगाले लागेर मृत्यु भएको हो।

    बिहीबार बिहान स्कुल जाने क्रममा बालकलाई ढुंगाले लागेको प्रहरीले जनाएको छ। सडक निर्माण भइरहेको बेला जेसिबिले ढुंगा उछिट्याएपछि सोही ढुङ्गाले लागेर उनी गम्भीर घाइते भएका थिए। 

    बालकलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारको लागि गुल्मी अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएपी माधवराज खरेलले जानकारी दिए ।

    जेसिबि चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij