कपिलवस्तु । किसान महासंघ (क्रान्तिकारी) कपिलवस्तुद्वारा जिल्लाको पिपरा स्थित महेन्द्र हाइवयमा किसानहरुलाइ बीउ ,खादको अभावकाविरुद्ध बिरोध कार्यक्रम गरेको छ । कार्यक्रम किसान महासङ्घ का केन्द्रिय उपाध्यक्ष कमरेड कर्ण सिंहले यति बेला किसानलाइ मल ,बीउ को अभाव भएको छ तर राज्य गैरजिम्मेवार बनेको छ ।
तत्काल किसानको माग सम्बोधन गर्न ,मल , बिउको व्यवस्थापन गर्न माग गर्नुभएको छ । साथै कार्यक्रम जिल्ला सेक्रेटरी कमल केसि ले दलाल संसदीय व्यवस्था रहदा सम्म नेपाली जनता ,श्रमिक जनता एक पछि अर्को रास्ट्रघात ,जनघातबाट उन्मुक्ति नपाउने ठोकुवा गर्नु भयो ।
वर्तमान राज्य सत्ता ,जनतालाई सबै प्रकारले निकास दिनु को साटो उल्टै महङ्गी गरेर कमिसन खानमा लिप्त रहेको बताउनु भयो । तत्काल किसान महासङ्घको माग प्रती जिम्मेवार बन्न सरकार , सम्बन्धित निकाय समक्ष माग गर्नु भयो । साथै बिरोध सभा कार्यक्रम को सन्चालन किसान महासङ्घ (क्रान्तिकारी)का जिल्ला अध्यक्ष गणेश ले गर्नु भएको थियो ।
