२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • नेकपा निकट अखिल नेपाल किसान महासंघ...
--4545

नेकपा निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) रुपन्देहीद्वारा विरोध कार्यक्रम

नेकपा निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) रुपन्देहीद्वारा विरोध कार्यक्रम

बुधवार, जेठ २५ २०७९
बुधवार, जेठ २५ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले किसानलाई तुरुन्त मल उपलब्ध गराउन माग सहित रासायनिक मलमा भइरहेको महङ्गी र कालोबजारीविरुद्ध आज देशव्यापी प्रदर्शन गरेको छ ।

    अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) रुपन्देहीले शुद्धोधन गाउँ पालिकाको सिसैमा विरोध कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नेकपाका  नेकपाका जिल्ला नेता एवं ३ नम्वर कमाण्ड इन्चार्ज नविनले नेपाल कृषि प्रधान देशमा सरकारले कृषिलाइ प्राथमिकता नदिएको बताए ।

    सरकार जनताको इच्छा चाहाना बिपरीत वितन्डा मच्याउने आफ्नो टाउकोमा दोष नलिएर जनताको टाउकोमा सबै दोष लगाएर सरकार आफु राम्रो बनेको बताए । नविनले नेपालका नहर कुलोहरु पुरेर खेतियोग्य जमिनमा प्लाटिङ गरेर नेपालका दलालका हातमा सुम्पिएर नेपाललाई कृषिबाट बञ्चित गर्ने सरकारप्रति सम्पुर्ण किसानहरु एकजुट भएर आन्दोलन गर्नुपर्ने बताए । नेपालका कृषकको महत्व नबुझेर भारतिय सरकारलाइ प्रोत्सान दिएको आरोप लगाए ।  

    यहाँको राज्य गलत भएका कारण नेपाल गरिब भएको बताए । जबसम्म दलाल संसदीय व्यवस्था  रहन्छ तबसम्म जनताले निकास नपाउने र किसानले सुविधा नपाउने भन्दै संसलदीय व्यवस्थाविरुद्व लड्नुपर्ने बताए । किसानले खेती लगाउने समयमा मल,खादको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाइ संगठनले शसक्त कार्वाही गर्नेपर्ने बताए। 

    कार्यक्रम अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का रुपन्देही जिल्ला संयोजक सोमनाथ शर्माको सन्चालनमा भएको कार्यक्रममा नेकपाका जिल्ला सेक्रेटरी विश्वास लगायत जिल्लाका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij