२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • घाँस काट्ने क्रममा लडेर पत्रकार पोखरेलको...
--4539

घाँस काट्ने क्रममा लडेर पत्रकार पोखरेलको  गुल्मीमा मृत्यु

घाँस काट्ने क्रममा लडेर पत्रकार पोखरेलको  गुल्मीमा मृत्यु

बुधवार, जेठ २५ २०७९
बुधवार, जेठ २५ २०७९
  • बुटवल । गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक पत्रकारकाे मृत्यु भएको छ । धुर्काेट गाउँपालिका -४ जैसिथाेक निवासी ३४ बर्षिय राजु भनेर चिनिने घनश्याम पाेख्रेलकाे मंगलबार मृत्यु भएको हाे । पाेखरेल आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपकाे रूखबाट लडेका थिए ।

    उनलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएपनि अस्पतालले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी माधव खरेलले जानकारी दिए । पाेख्रेल रेडियो नवलपरासीस्थित रेडियो दाैदरीका स्टेसन म्यानेजर एवम् प्रेस सेन्टर नवलपरासीका अध्यक्ष हुन् ।

    उनी भेटघाटकाे लागि पाँच दिनअघि घर आएका थिए । पाेखरेलले विगत लामाे समयदेखि नवलपरासीमा पत्रकारिता गर्दै आइरहेका थिए । भेटघाटकाे लागि पाँच दिनअघि पाेखरेल घर आएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij