२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • घरयासी अंश बिवादका कारण परासीमा रोशनी...
--4536

घरयासी अंश बिवादका कारण परासीमा रोशनी यादवमाथि गोली प्रहार

घरयासी अंश बिवादका कारण परासीमा रोशनी यादवमाथि गोली प्रहार

सोमवार, जेठ २३ २०७९
सोमवार, जेठ २३ २०७९
  • बुटवल । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आज दिनदहाडै गोली चलेको छ । जिल्ला अदालत नजिकै बजारको मुल सडकमा आज दिउसो साढे तिन बजे एक व्यक्ति गोली चलाई फरार भएका छन् ।

    गोली प्रहार गर्ने व्यक्ति सरावल ४ मंगलापुर बस्ने हंसराज यादव रहेको प्रहरी प्रमुख एसपि ऋिषिराम कडेलले जानकारी दिनुभयो । हंसराजले आफ्नै काकि रोसनी यादव माथि गोली चलाएका हुन् ।

    पहिलो पटक प्रहार गरेको गोली नपड्केपछि उनले दोस्रो पटक गोली चलाएका थिए । सुरुमा गोली प्रहार गरेको देखेकी रोशनी अतादिदैं भागेपछि पुन : प्रहार गरेको गोलीबाट उनी बचेकी हुन् । हंसराजका बाबुका दुई भाई हुन् । दुई भाईको अंशमा गाउँमा १८ कट्ठा र सदरमुकाम परासीमा ९ धुर जग्गा रहेको उनका कानुन व्यवसायीले हामिलाई जानकारी दिएका छन् ।

    सन्तान विहिन रहेका काकाको मृत्युपछि अंश खाने काकी मात्र भएको र उनलाई मारेपछि सम्पत्ति आफ्नो हुने मनशायका साथ हंसराजले गोली हानेको आफन्तहरुले बताएका छन् । दुई अंश लगाएर आज अदालतमा मिलापत्र जाने क्रममा हंसराजले काकीमाथि गोली प्रहार गरेका हुन् ।

    घटनास्थलबाट प्रहरीले १ थान गोलीको खोका बरामद गरेको छ । गोली प्रहार गर्ने हर्षराजको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक ऋषिराम कडेलले बताउनुभयो । गोली प्रहार गरी हंसराज पैदल भागेको प्रत्यक्षदर्शिलाई उदृत गर्दे प्रहरीले जनाएको छ । सधै भिडभाड रहने सुनचाँदि पसल बैक लगाएतका पसल व्यवसाय रहेको क्षेत्रमा गोली चलेपछि स्थानिय त्रसित भएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij