२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
--4535

नेकपाद्वारा जनसंघर्षका कार्यक्रमहरुको घोषणा

नेकपाद्वारा जनसंघर्षका कार्यक्रमहरुको घोषणा

सोमवार, जेठ २३ २०७९
सोमवार, जेठ २३ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टीले देश र नेपाली जनताको जीवनमा पैदा भएका गंभिर समस्याको समाधानार्थ तात्कालीक र दिर्धकालिन मुद्धालाई लिएर जनसंघर्षको घोषणा गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार एक विज्ञप्ति जारी गर्दै जनसंघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

    प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ –‘देश र नेपाली जनताको जीवनमा पैदा भएका गंभिर समस्याको समाधानार्थ तात्कालीक र दिर्धकालिन मुद्धालाई लिएर संघर्ष गर्नुको विकल्प नेपाली जनताका अगाडी रहेन । तसर्थ देश माथीको अमेरिकी साम्राज्यवादी हस्तक्षेप, MCC सम्झौता, भ्रष्ट्राचार एवं कमिशनको डरलाग्दो खेल, असार लाग्दा समेत किसानहरुले मल विउ नपाएर तड्पीनुपर्ने अवस्था र कष्टकर जनजीविका विरुद्ध हाम्रो पार्टी निम्न जनसंघर्षका कार्यक्रमहरु घोषणा गर्दछ । घोषित जनसंघर्षका कार्यक्रमलाई सक्रिय सहभागिताका साथ सफल पार्न आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ ।’

    नेकपाद्वारा घोषित संघर्षका कार्यक्रममा जेठ २५ गते राजमार्ग, काठमाण्डौँ उपत्यका र देशव्यापी किसान विरोध प्रदर्शन ,जेठ २७ गते अमेरिकी साम्राज्यवादी हस्तक्षेप विरुद्ध देशव्यापी विरोध प्रदर्शन, जेठ ३० गते MCC का कार्यालय र जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र घरोउ गर्ने , . असार २ गते राजवन्दी रिहाईको पक्षमा देशव्यापी मशाल जुलुस र असार ५ गते चर्को महंगी र भाडावृद्धि विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने जनाइएको । 

    विज्ञप्ति : 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij