बुटवल । रुपन्देहीको रोहीणीमा आईतवार बिहान भएको बस दुर्घटनाप्रति नेकपा रुपन्देहीले दुुःख ब्यक्त गरेको छ ।
जनपुरबाट भैरहवा आउदै गरेको लु.२.ख ३८४१ नम्बरको यात्रु वाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु र २३ जना घाईते भएका छन् ।
नेकपा रुपन्देहीका जिल्ला सेक्रेटरी विश्वासले एक प्रेस विज्ञप्ति मार्फत भनेका छन् ।
“आज बिहान जनकपुरबाट भैरहवा आउदै गरेको लु.२.ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी खोलामा दुर्घटना हुँदा ९ जनाको मृत्यु र २४ जना घाइते भएको खबरले हाम्रो पार्टीलाई निकै मर्माहत एवं स्तब्ध बनाएको छ। मृतकका परिवारलाई क्षतिपुर्ति र घाइतेहरुको उपचारको लागि उचित ब्यवस्थाको माग सहित घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना र मृतकहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।”
