बुटवल । जनकपुरबाट भैरहवा आउदै गरेको लु.२.ख ३८४१ नम्बरको यात्रु वाहक बस रुपन्देहीको भैरहवा सडक खण्डमा पर्ने रोहिणी पुलबाट खोलामा खस्दा ९ जनाको मृत्यु २३ जना घाइते भएका छन् ।
घाइतेहरुको भैरहवा भिम अस्पताल र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइते भएका २३ जना यात्रु मध्ये ९ जनाको मृत्यु भएको हो ।
५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । बस आइतबार बिहान ४:२० बजे दुर्घटना भएको थियो ।
