२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • ‘धर्मेन्द्र समूहले फैलाएको हल्ला पानीको फोका’...
--4525

‘धर्मेन्द्र समूहले फैलाएको हल्ला पानीको फोका’ : विप्लव

‘धर्मेन्द्र समूहले फैलाएको हल्ला पानीको फोका’ : विप्लव

शुक्रवार, जेठ २० २०७९
शुक्रवार, जेठ २० २०७९
  •  


    बुटवल । नेकपा महासचिव विप्लवले धर्मेन्द्र र हेमन्तप्रकाशमा रुढीवादी, बुर्जुवा र अराजकतावादी प्रवृत्ति देखा परेको बताएका छन् । नेकपाको उदयपुरमा बसेको केन्द्रीय समितिका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले बास्तोला र ओलीलाई पार्टी फुट परस्तको बताएका हुन्। 

    महासचिव विप्लवले देशको श्रमिक जनताको नेतृत्व गर्ने सर्वोच्च निकाय राष्ट्रको जिम्मेवारी सम्हाल्ने संवेदनशील परिस्थितिमा अति अनुउत्तरदायी विचलन देखा पर्नु निकै दुःखदायी भएको बताए । उनले बास्तोला र ओलीमा लामो समयदेखि आर्थिक, संगठनात्मक राजनीतिक विकृतिहरु मौलाउन थालेको बताएका छन् ।

    महासचिव विप्लवले धर्मेन्द्र समूहले पार्टीबाट अलग भएपछि एकीकृत क्रान्ति विरुद्ध शतप्रतिशत भ्रामक झुटा प्रचार गरेको र वैज्ञानिक समाजवाद विरुद्ध सञ्चालन भएका अनेकौ षड्यन्त्रको हिस्सा बन्न पुगेको भन्दै ती सबै पानीको  फोका भएको बताएका छन् । महासचिव विप्लवले सुदर्शन र कञ्चनसँग गएका कमरेडहरुलाई फर्काउने निर्णय भएको बताए ।

    महासचिव विप्लवले  अन्तरास्ट्रिय परिस्थितिबारे चर्चा गर्दै पुँजीवाद र साम्राज्यवाद युद्व रहेको र साम्राज्यवाद र पुँजीवादले सधैं उत्पादन र बजारका लागि जनतामाथि युद्व थोपर्ने र मुनाफाको लागि युद्व पुँजीवादको मुख्य चरित्र रहेको बताए । उनले मुनाफाको लागि  नागरिकले अकल्पनिय र अतुलनिय क्षति बेर्होनु  पुँजीवादभित्रको नागरिकको नियती भएको बताए । उनले अमेरिकी एक ध्रुवीय विश्व टुटेपनि पुँजीवादी बहुध्रुव खडा भएको बहुध्रवले  सिर्जना गरेको नयाँ यृद्व श्रृखलाको मार विश्वको गरिब राष्ट्रका जनताले खेप्नुपरेको बताए ।

    जहिलेसम्म पुँजीवाद र साम्राज्यवाद रहन्छ तबसम्म मानवजातिले शान्तिको सास फेर्न नपाउने र वर्गविहीन समाज स्वतन्त्र र मुक्त समाज अहिलेको आवश्यकता रहेको नेकपाको  १३ औं केन्द्रिय समिति बैठकको निष्कर्ष रहेको बताए । उनले कम्युनिस्ट पार्टीले विश्व कम्युनिस्ट आन्दोलनमा जे सहयोग गर्नु परे पनि नेकपाले गर्नुपर्छ भन्ने ठहर भएको पनि बताए । नेपालमा दलाल पुँजीवादी सत्ता रहेको र त्यसले जनतालाई शोषण मात्र गर्ने र कुनै प्रगति,प्रगतिशील सम्बन्धहरु दिन नसकेको पनि उनले बताए ।

    उनले पुँजीवादका कारण नेपालको राजनीति संकटग्रस्त भएको र नेपालको अर्थतन्त्र टाट पल्टिएको बताए । पार्टी जिवन्त शक्ति रहेको र त्यसभित्र जिवन,सङ्घर्ष,छलफल,बहस हुन्छ निष्कर्ष निस्कने र त्यसको हल पनि पार्टीबाट नै हुने बताए । एकीकृत जनक्रान्ति भनेको नेपालको भौगोलिकताको ठोस अभिब्यक्ति रहेको बताए ।  विप्लवले  सोझो बाटोबाट क्रान्ति नहुने र एउटामात्र नाराले क्रान्ति सम्पन्न नहुने बताए ।

    उनले चुनावलाई क्रान्तिको एउटा अंगको रुपमा प्रयोग पनि बताए । उनले पार्टीले लडाईका मोर्चाबाट पाएका सफलता बेहोर्नु परेका असफलता र विभिन्न क्षेत्रबाट पाएका शिक्षाका आधारमा नेकपाले नवौं महाधिवेशन गर्न लागेको पनि बताए । पार्टीका विरुद्व छरिएका सबै भ्रमहरुलाई चिर्दे असोज १ गते आफ्नो पार्टीको ९ औँ महाधिवेशन गरिने बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij