२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • कपिलवस्तुमा तिन विद्यार्थी संगठनहरुद्वारा ५ बुँदे...
--4524

कपिलवस्तुमा तिन विद्यार्थी संगठनहरुद्वारा ५ बुँदे माग सहित जिल्ला प्रसाशन कार्यालयमा माग पत्र पेश

कपिलवस्तुमा तिन विद्यार्थी संगठनहरुद्वारा ५ बुँदे माग सहित जिल्ला प्रसाशन कार्यालयमा माग पत्र पेश

शुक्रवार, जेठ २० २०७९
शुक्रवार, जेठ २० २०७९
  • कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)को पहलमा तिन विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले संयुक्त रुपमा ५ बुँदे माग सहित जिल्ला प्रसाशन कार्यालय कपिलवस्तुमा माग पत्र पेश गरेका छन् ।

    तिन विद्यार्थी संगठनका अध्यक्षहरुद्वारा हस्ताक्षर गरेको माग पत्रमा भनिएको छ । तत्काल सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुराउनुपर्ने ,सामुदायिक विद्यालयहरुमा नेपाली र अङ्ग्रेजी माध्यमको आधारमा पाठ्यक्रम र पठनपाठनमा गरिएको विभेद र विभिन्न बाहानमा लिने गरेको शुल्क बन्द गर्न माग गरेको छ ।

    त्यस्तै सार्वजनिक यातायातमा विद्यार्थीको परिचयपत्रका आधारमा दिनु पर्ने ४५ प्रतिशत सहुलियत कडाईका साथ कार्यान्वयन गर्नु पर्ने र कमिशनको लोभका कारण हरेक वर्ष निजि शैक्षिक सस्थाले पाठ्यपुस्तक परिवर्तन गरि विद्यार्थी र अभिभावकमा आर्थिक भार थप्ने र उनिहरुमाथी परेको नकारात्मक प्रभावप्रती आफुहरुको गम्भीर ध्यानाकर्षण भएको बताउदै यस्ता गतिविधि रोक्न माग गरेका छन् ।

    त्यस्तै कपिलवस्तु, रुपन्देही,गुल्मी र अर्घाखाँचीमा पनि अखिल (क्रान्तिकारी)ले ५ बुँदे माग सहित माग पत्र पेश गरेको अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य विज्ञान क्षेत्रीले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij