पदम पराजुली, बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्ला विकास तथा शिक्षा समन्वय इकाई रुपन्देहीलाई ज्ञापनपत्र बुझाएको छ ।
शुक्रबार जिल्ला संयोजक पदम पराजुली ,सदस्य प्रसुन ज्ञवाली,मनोज न्यौपाने, कोपिला क्षेत्री,पुनम ठडराइ ,अखिल (क्रान्तिकारी) रुपन्देही पुर्व जिल्ला अध्यक्ष गोपाल रोका नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यलय र जिल्ला विकास तथा शिक्षा समन्वय इकाई रुपन्देही मा ज्ञापनपत्र बुझाएको हो ।
जिल्ला संयोजक पदम पराजुलीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा, तत्काल सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुराउनुपर्ने ,सामुदायिक विद्यालयहरुमा नेपाली र अङ्ग्रेजी माध्यमको आधारमा पाठ्यक्रम र पठनपाठनमा गरिएको विभेद र विभिन्न बाहानमा लिने गरेको शुल्क बन्द गर्न माग गरेको छ ।
त्यस्तै सार्वजनिक यातायातमा विद्यार्थीको परिचयपत्रका आधारमा दिनु पर्ने ४५ प्रतिशत सहुलियत कडाईका साथ कार्यान्वयन गर्नु पर्ने र कमिशनको लोभका कारण हरेक वर्ष निजि शैक्षिक सस्थाले पाठ्यपुस्तक परिवर्तन गरि विद्यार्थी र अभिभावकमा आर्थिक भार थप्ने र उनिहरुमाथी परेको नकारात्मक प्रभावप्रती आफुहरुको गम्भीर ध्यानाकर्षण भएको बताउदै यस्ता गतिविधि रोक्न माग गरेको छ ।
यता ज्ञापनपत्र बुझेपछि जिल्ला प्रशासन तथा जिल्ला विकास तथा शिक्षा समन्वय इकाईका प्रमुखहरुले विद्यार्थीहरुका माग जाहेज रहेको बताउदै आफु हरुले सकारात्मक भुमिका निर्वाह गर्ने प्रतिक्रिया दिए । साथै विद्यार्थीका माग समसामयिक रहेको बताउदै सम्बन्धित निकायलाई थप सचेत बनाउने प्रतिक्रिया दिएका छन।
