२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • नेकपाको १३ औं केन्द्रीय समिति बैठक...
--4516

नेकपाको १३ औं केन्द्रीय समिति बैठक उदयपुरमा सम्पन्न

नेकपाको १३ औं केन्द्रीय समिति बैठक उदयपुरमा सम्पन्न

फुटवादलाई परास्त गर्दै एकीकृत जनक्रान्तिको संघर्षलाई उचाईँमा पुर्याउने

बुधवार, जेठ १८ २०७९
बुधवार, जेठ १८ २०७९
  • बुटवल ।  नेपाल कम्युनिस्ट पार्टीको १३ औं पूर्ण केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । उदयपुरको रौतामाई गाउँपालिकामा बसेको बैठकले फुटवादलाई परास्त गर्दै एकीकृत जनक्रान्तिको संघर्षलाई उचाईँमा पुर्याउने निर्णय गरेको छ ।

    महासचिव विप्लवको अध्यक्षतामा बसेको बैठकले आगामी असोजमा पार्टीको नवाैँ महाधिवेशन गर्ने निर्णय गरेको छ । यसअघि फागुनमा गर्नेकी भन्ने छलफल भएको भएपनि विविध कारणले असोजमा उपयुक्त हुने भन्दै अन्तिम समयमा असोजमा गर्ने निर्णय भएको हो ।

    बैठकका निर्णयहरु आागामी जेठ २० गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर विस्तृतमा सार्वजनिक गरिने नेकपा सचिवालयले जनाएको छ ।
    बैठकमा ५८ जना केन्द्रिय सदस्यहरु र २ जना केन्द्रीय सल्लाहकार समितिका सदस्यहरु सहभागी थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij