बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) एक विकट बस्तीको आधारभुत विद्यालय निर्माणमा जुटेको छ।
मकवानपुर र धादिङको सिमाना क्षेत्र च्यात्रा तामाङ वस्तीमा रहेको च्यात्रा नमूना आधारभूत विद्यालय निर्माणमा नेकपा निकट अखिल(क्रान्तिकारी)का युवा विद्यार्थीहरु जुटेका हुन।
च्यात्रा तामाङ गाउँ जहाँका ६० जना बालबालिकाहरुले विद्यालयको अनुहार देखेका छैनन् त्यहि बस्तीमा संगठनले आधारभूत विद्यालयको निर्माण कार्यलाई अगाडि बढाएको र थप व्यवस्थित बनाउन व्यवस्थापन समिति मार्फत रु १,०००००(एक लाख) हस्तान्तरण गरिएको संगठनले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष नरेन्द्र विश्वकर्माले उक्त आर्थिक हस्तान्तरण गरेको बताएका छन।
अखिल (क्रान्तिकारी) ले मकवानपुरको च्यात्रा गाउँमा विद्यालय भवन निर्माणका लागि आर्थिक सहयोगका साथै श्रमदान समेत गरेको छ।

