२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • सम्पर्कविहीन विमानको आइतबार बिहानदेखि खोजी...
--4508

सम्पर्कविहीन विमानको आइतबार बिहानदेखि खोजी कार्य सुरु

सम्पर्कविहीन विमानको आइतबार बिहानदेखि खोजी कार्य सुरु

सोमवार, जेठ १६ २०७९
सोमवार, जेठ १६ २०७९
  • बुटवल । आइतबार बिहानदेखि बेपत्ता तारा एअरको जहाजको सोमबार बिहानदेखि नै खोजी सुरु भएको छ। 

    जसका लागि नेपाली सेनाको हेलिकोप्टमार्फत् सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेका छन्।

    मौसम प्रतिकूलताका कारण आइतबार दिनभरको प्रयास असफल भएपछि खोजी कार्य स्थगित गरिएकोमा आज सोमबार बिहानैदेखि त्यसलाई निरन्तरता दिइएको हो। 

    सोमबार स्थल र हवाइमार्गबाट खोजी हुने सेनाले जनाएको छ। 

    पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर जहाज बेपत्ता भएको थियो। विमानमा चालक दलका तीन सदस्यका साथै १९ जना यात्रु थिए।

    यसमा धनुषाका एकैपरिवार सात जना र गोरखाका एकैपरिवारका चार जना रहेको पाइएको छ। यात्रुमध्ये १३ नेपाली, चार भारतीय र दुई जर्मन नागरिक थिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij