२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • आजदेखि कक्षा १२ को परीक्षा ...
--4506

आजदेखि कक्षा १२ को परीक्षा सुरु : ४ लाख १० हजार विद्यार्थी सहभागी

आजदेखि कक्षा १२ को परीक्षा सुरु : ४ लाख १० हजार विद्यार्थी सहभागी

सोमवार, जेठ १६ २०७९
सोमवार, जेठ १६ २०७९
  • बुटवल । कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी हुनेछन् ।

    परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा २५ जेठसम्म हुनेछ ।

    बोर्डले कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ ।

    कोरोना महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको हो । 

    परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ ।

    राष्ट्रिय परीक्षा बोर्डका प्रादेशिक कार्यालयले जिल्ला परीक्षा समन्वय समितिसँग समन्वय गरेर काम गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij