बुटवल । लमजुङमा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
आइतबार दिउँसो सवान ३ बजे मध्यनेपाल नगरपालिका-७ मध्यपहाडी लोकमार्गस्थित सिपी खोला भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।बा ४ ख ७७८१ नम्बरको टिपर सडकबाट अन्दाजी ३० मिटर तल खसेको प्रहरी निरीक्षक रेग्मीले बताए।
उनका अनुसार टिपरमा सवार चारै जनाको घटनास्थलमै मृत्यु भएको हो। चालकको शव उछिटिएको अवस्थामा फेला परेको छ। उनीबाहेक अरूको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ। ‘चालकको शव उछिटिएको छ।
उनको पहिचान खुल्यो,’ रेग्मीले भने,‘अरूको शव टिपरबाट निकाल्ने काम भइरहेको छ।
सनाखत गर्दैछौं।’चालक धादिङ गजुरी नगरपालिका-६ घर भई मध्यपहाडी लोकमार्गमा कार्यरत अन्दाजी २६ वर्षीय आकाश घिमिरे छन्। टिपरमा ढुंगा लोड गरेर सडक निर्माणस्थलमा लग्दै थियो।
