२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • नेकपाको १३ औं केन्द्रीय समितिको ...
--4494

नेकपाको १३ औं केन्द्रीय समितिको पूर्ण बैठक उदयपुरमा सुरु

नेकपाको १३ औं केन्द्रीय समितिको पूर्ण बैठक उदयपुरमा सुरु

बिहिवार, जेठ १२ २०७९
बिहिवार, जेठ १२ २०७९
  • बुटवल ।  नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको १३औं पूर्ण बैठक उदयपुर जिल्लाको रौतामाई गाउँपालिकामा आजबाट सुरु भएको छ । पार्टीका महासचिव विप्लवको अध्यक्षतामा बैठक सुरु भएको छ ।

    बैठकमा पार्टीका महासचिव विप्लवले १३ औं पूर्ण बैठकको राजनीतिक प्रस्ताव र आगामी ९ औं महाधिवेशनको राजनीतिक प्रस्ताव पेश गर्नु भएको छ ।

    बैठकमा ५८ जना केन्द्रीय सदस्यहरु र २ जना केन्द्रीय सल्लाहकार समितिका सदस्यहरु सहभागी हुनुहुन्छ ।बैठकमा सहभागी  सबै जना राजनीतिक प्रस्तावमाथि भोलि १३ गतेदेखि आ-आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।

    केन्द्रीय समितिको बैठकमा उपस्थिति हुनुहुने महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्य प्रवक्ता प्रकाण्ड, केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर लगायत सम्पूर्ण बैठकमा सहभागी केन्द्रीय सदस्यहरुलाई उदयपुर जिल्ला पार्टीले स्वागत गरेको थियो ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij