२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • नेकपा समर्थन गुल्मीका स्वतन्त्र उम्मेदवारद्वारा मतदातालाई...
--4485

नेकपा समर्थन गुल्मीका स्वतन्त्र उम्मेदवारद्वारा मतदातालाई धन्यवाद ज्ञापन

नेकपा समर्थन गुल्मीका स्वतन्त्र उम्मेदवारद्वारा मतदातालाई धन्यवाद ज्ञापन

मंगलवार, जेठ १० २०७९
मंगलवार, जेठ १० २०७९
  • डिबि खड्का,गुल्मी । नेपाल कम्युनिस्ट पार्टी गुल्मीले स्थानीय तहको निर्वाचन क्रान्तिकारी बिचार सम्प्रेषण र सङ्ठन विस्तारको आधार रहेको ठहर गरेको छ । मंगलबार आफ्नो पक्षमा मतदान गर्ने मतदातालाई धन्यवाद व्यक्त गर्दै प्रेस वक्तव्य जारी गरी यस्तो बताएको हो ।

    “अपर्याप्त तयारीका बाबजुद प्रतिक्रियावादीहरुको चौतर्फी घेराबन्दी र षड्यन्त्र चिर्दै संसदिय व्यवस्था विरुद निर्वाचन कार्यनीति प्रयोग गरेका छौं “।

    साथै वक्तव्यमा भनिएको छ “पुजिको आधारमा होइन बिचार,सिद्धान्त,निष्ठाका आधारमा एमसिसि विरोधी देशभक्त र क्रान्तिकारी उम्मेदवारलाई मतदान गर्न अपिल गरेका थियौं र निर्वाचन जित्न कसैसँग मुल्य र निष्ठाको सम्झौता गरेनौं हाम्रो बिचार र निष्ठाप्रति विश्वास गरी मतदान गर्नुहुने तपाईंहरु प्रति हार्दिक अभिवादन सहित धन्यवाद व्यक्त गर्दछौं ।”

    साथै वक्तव्यमा आगामी दिनमा संसदिय व्यवस्था विरुद्धको संघर्ष र वैज्ञानिक समाजवादको पक्षमा नागरिकसंगै रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

    धन्यवाद वक्तव्यमा नेकपाको तर्फबाट धुर्कोट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका मैते सार्की,उपाध्यक्षका उम्मेदवार तारा बहादुर बस्नेत,धुर्कोट ३ र ६ का वडा अध्यक्ष पदका उम्मेदवार क्रमश बाबुलाल नेपाली ,चन्द्र पाण्डे र धुर्कोट ४ बाट खुल्ला महिला सदस्यका उम्मेदवार लक्ष्मी पोख्रेलले हस्ताक्षर गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij