२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • नेकपा रुपन्देहीद्वारा जिल्लाका तिन सदस्यहरुलाई...
--4483

नेकपा रुपन्देहीद्वारा जिल्लाका तिन सदस्यहरुलाई पार्टी एवं मोर्चाको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको जानकारी

नेकपा रुपन्देहीद्वारा जिल्लाका तिन सदस्यहरुलाई पार्टी एवं मोर्चाको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको जानकारी

मंगलवार, जेठ १० २०७९
मंगलवार, जेठ १० २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले जिल्लाका तिन जिल्ला सदस्यहरु सन्तोष सुवेदी, इन्दु वली र पारस राहादी मगरले  पार्टी नीति, पद्धति र अनुशासन विपरीत क्रियाकलापमा संलग्न भएको र संगठनभित्र गुटबन्दी गर्ने प्रयास गरेको भन्दै पार्टी मोर्चाको जिम्मेवारीमा नरहेको जानकारी गरेको छ ।

    जिल्ला सेक्रेटरी विश्वाशले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

    “हाम्रो पार्टी सम्बद्व जबस मोर्चामा क्रियाशील सन्तोष सुवेदी, इन्दु वली र पारस राहादीमा गम्भीर राजनीतिक एबं वैचारिक विचलन देखा परेको, पार्टी नीति, पद्धति र अनुशासन विपरीत क्रियाकलापमा संलग्न भएको र संगठनभित्र गुटबन्दी गर्ने प्रयास गरेकोले पार्टी एबं जबस मोर्चाको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको सबैमा जानकारी गराइन्छ ।

    जिल्लामा पार्टी नीति विपरीत गरिएका कुनै पनि क्रियाकलापको भ्रममा नपर्न क्रान्तिकारी कमरेडहरू एवं सम्पूर्ण जनसमुदायमा अपिल गर्दछौं ।”

    विज्ञप्तिको पुर्णपाठ  :

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij