बुटवल । नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी रुपन्देहीले चेतनारायण भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । संगठनकी जिल्ला अध्यक्ष उषा पाठकले शनिवार एक वक्तव्य जारी गर्दै संगठनकी जिल्ला उपाध्यक्ष कमरेड देवी भण्डारीको आदरणीय वुवा चेतनारायण भण्डारीको असामयिक निधन भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।
वक्तव्यमा कमरेड देवी भण्डारीलगायत परिवार एवं आफन्तजनमा गहिरो समवेदना समेत व्यक्त गरिएको छ । वक्तव्यमा भनिएको छ–
“हाम्रो गौरवशाली संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी रुपन्देही जिल्लाकी उपाध्यक्ष क.देवी भण्डारीका आदरणीय बुवा चेतनारायण भण्डारीको २०७९ बैशाख २९ गते ७९ बर्षको उमेरमा भएको असामयिक निधनले हाम्रो संगठनलाई स्तब्ध बनाएको छ ।
आदरणीय बुवा चेतनारायण भण्डारी केही समयदेखि नसा रोगी भई उपचार गर्दै आउनुभएको थियो । दुःखको यस घडीमा बुवा चेतनारायण भण्डारीप्रति हाम्रो संगठन हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै क. देवी भण्डारी एवं परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।”
०७९ जेठ ७
अध्यक्ष
उषा पाठक

