काठमाडौं, ६ जेठ । अखिल (क्रान्तिकारी)द्धारा बलात्कृत किशोरीको न्यायको लागि आज माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।
अखिल (क्रान्तिकारी) छात्रा विभागले किशोरीको न्यायको लागि विरोध प्रदर्शन गरेको संगठनका अध्यक्ष प्रकाश शाहीले बताएका छन् ।
छात्र छात्राहरुले ‘हामी चुप बस्दैनौ’, ‘जस्टिस फर सुस्मिता’, ‘सुस्मितालाई न्याय दे’ लेखेका प्ले कार्ड बोकेर प्रर्दशनमा उत्रिएका थिए । युवती आफैले आफु ८ वर्ष अघि फोटोग्राफर लगायतले आफुलाई बलात्कार गरेको भिडियोमार्फत जानकारी गराएकी थिइन् ।
अखिल (क्रान्तिकारी)ले महिलाहरुमाथि भएको यौनजन्य हिंसा र बलात्कारविरुद्ध निरन्तर संघर्ष गर्दै आएको छ ।
