२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
--4464

यौनहिंसा विरुद्ध बालुवाटारमा स्वतस्फूर्त प्रदर्शन

यौनहिंसा विरुद्ध बालुवाटारमा स्वतस्फूर्त प्रदर्शन

शुक्रवार, जेठ ६ २०७९
शुक्रवार, जेठ ६ २०७९
  • बुटवल । सामाजिक संजालमार्फत् एक किशोरीले आफूमाथि यौन हिंसा भएको खुलासा गरेपछि उनको समथर्नमा आज बालुवाटारमा प्रदर्शन भएको छ।

    स्वतस्फूर्त रुपमा प्रधानमन्त्री निवास बालुवाटार घेर्न जाने अभियानमा रहेका युवायुवतीको समूहलाई प्रहरीले भाटभटेनीमै रोकेको थियो। त्यहीँ युवायुवतीहरुले पीडित युवतीलाई न्याय माग्दै नाराबाजी गरेका थिए।

    उनीहरुले हद म्यादको कानुन संशोधन गर्न मागसमेत गरेका छन्। बुधवार रेग्मी थर गरेकी एक युवतीले २०७१ सालमा मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा संचालकले आफूलाई बलात्कार गरेको खुलासा गरेकी थिइन्। साथै, उक्त घटनापछि पनि आफूमाथि भएको अन्य यौन दुर्व्यवहारका घटनाका बारेमा पनि भिडियोमा उनले बताएकी छिन्।

    उक्त खुलासापछि सामाजिक संजालमा पीडकलाई कारवाहीको माग भइरहेको छ। बलात्कार गर्नेका साथै किशोरीले घटनाबारे जानकारी दिएको तर उनलाई सहयोग गर्न अस्वीकार गरेकालाई पनि कारवाहीको माग भइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij