२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • मुल्यवृद्धि तत्काल खारेज गर्न अखिल (क्रान्तिकारी)...
--4449

मुल्यवृद्धि तत्काल खारेज गर्न अखिल (क्रान्तिकारी) को जाेडदार माग

मुल्यवृद्धि तत्काल खारेज गर्न अखिल (क्रान्तिकारी) को जाेडदार माग

आइतवार, जेठ १ २०७९
आइतवार, जेठ १ २०७९
  • बुटवल । लगातार पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्दै आइरहेकाे सरकारले चुनावको भाेलि पल्ट फेरि मुल्यवृद्धि गरेको छ ।

    सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मुल्य ह्वात्तै पुनः बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

    बढेको मुल्यवृद्धि अनुसार अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

    निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए । स्थानीय तहको निर्वाचनलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको हो ।

    यसैबीच पेट्रोलियम पदार्थमा बढाएको मुल्यवृद्धि नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले तत्काल खारेज गर्न जाेडदार माग गरेको छ ।

    पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध  नेकपा निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले आज ५८ औँ विद्यार्थी दिवसको शुभकामना र पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध वक्तव्य जारी गर्दै मुल्यवृद्धि खारेज गर्न माग जाेडदार आग्रह गरेका छन् । आफ्नाे आग्रहलाई बेवास्ता गरिए देशव्यापी कडा संघर्षमा उत्रिन बाध्य हुने संगठनले चेतावनी दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij