२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी...
--4447

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी लुम्बिनी आउँदै लुम्बिनीमा सुरक्षा व्यवस्था कडा

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी लुम्बिनी आउँदै लुम्बिनीमा सुरक्षा व्यवस्था कडा

शनिवार, बैशाख ३१ २०७९
शनिवार, बैशाख ३१ २०७९
  • लुम्बिनी, बैशाख ३१ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी लुम्बिनीमा आउने कनफम भएपछि लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आज भारतका २ ओटा हेलिकप्टरमा भारतीय सुरक्षा फैज सहितको टिमले लुम्बिनीमा आएर हेलिप्याड जाँच गरि फर्किएका छन् ।

    अहिले भारतीय सुरक्षा निकाय र भारतीय पत्रकारहरु लुम्बिनी आइपुगका छन् । २५६६ औं बुद्धजयन्ति तथा लुम्बिनी दिवस २०७९ को अवसरमा मोदी लुम्बिनी आउने कार्यक्रम रहेको छ ।

    पाँच हजार जना अट्ने क्षमताको अन्तराष्ट्रिय बौद्ध कन्फरेन्स तथा ध्यान केन्द्र  उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले मायादेवी मन्दिरमा पुजा आजा गरि सकेपछि अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हलबाट सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

    गृह मन्त्री बालकृष्ण खाँड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, परराष्ट्र मन्त्री बनेका नारायण खड्का भोली लुम्बिनी आइपुग्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ । अहिले लुम्बिनीको मायादेवी परिसर र अन्तर्राष्ट्रिय बौद्ध कन्फरेन्स हल सिंगारीएको छ भने भैरहवा देखि लुम्बिनी सम्मको सडक चोक चोकमा स्वागतद्वार निर्माण गरिएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij