बुटवल । रामेछापमा मत पेटीका बोकेको गाडी दुर्घटना भएको छ ।
रामेछाप नगरपालीका– १ बाट मत पेटिका बोकेर ल्याउदै गरको गाडि दुर्घटनामा परेको हो ।
मतपत्र बोकेको बा ७ ख ३५०४ नम्बरको गाडि दुर्घटना दुर्घटना हुँदा ३ जना सुरक्षाकमी घाइते भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा एउटा मतपेटीकाको सिसा फुटेको र अरु मत पेटिकामा क्षती नभएको बताइएको छ ।
दुर्घटना स्थलमा मुचुल्का उठाएर मात्र मतपेटिका नगरपालीकको मत गणनास्थलमा लगिने प्रहरीले जनाएको छ ।
