२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यालय...
--4434

स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यालय रुपन्देहीले तयारी पूरा

स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यालय रुपन्देहीले तयारी पूरा

बिहिवार, बैशाख २९ २०७९
बिहिवार, बैशाख २९ २०७९
  • बुटवल । भाेलि हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले तयारी पूरा गरेको छ । स्वच्छ, मर्यादित र व्यवस्थित तरिकाले निर्वाचन सम्पन्न गर्न मतदान केन्द्रको व्यवस्थापन गर्ने र जनशक्ति परिचालनका लागि कर्मचारीको व्यवस्थापन भएको कार्यालयले जनाएको छ ।

    यसअघिको प्रदेश एवम् प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा २०८ मतदान स्थलमा ६१० मतदान केन्द्र थिए । मतदाताको सङ्ख्या बढेकाले मतदान केन्द्र थपेर एक हजार मतदाताका लागि एक मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले  जानकारी दिनुभयो ।

    भण्डारीले भन्नुभयो, ‘‘सबै मतदान अधिकृतलाई निर्वाचनका लागि आवश्यक सामग्री बुझाइसकेका छौं।’’ वैशाख ३० गते हुन लागेको निर्वाचनमा रूपन्देहीमा सात सय मतदान केन्द्र र २०८ मतदान स्थल तोकिएका छन् ।

    अघिल्लो पटकको निर्वाचनको तुलनामा यसपटक ९० वटा मतदान केन्द्र थपिएका हुन् । मतदाताको सङ्ख्या बढेपछि मतदान केन्द्र थप गरिएको हो । सबैभन्दा धेरै मतदाता हुने जिल्लामध्ये रूपन्देही चौथो जिल्ला हो ।

    उहाँका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनको तुलनामा अहिले रूपन्देहीमा एक लाख नौ हजार ७५८ मतदाता बढेका हुन् ।

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा पाँच लाख २२ हजार ६०२ मतदाता रहेकामा अहिले बढेर छ लाख ३२ हजार ३६० पुगेका छन् । तीमध्ये तीन लाख २३ हजार ७७८ पुरूष र तीन लाख आठ हजार ५७४ महिला छन् । अन्य मतदाताको सङ्ख्या आठ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij