२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • नेकपाद्वारा नेता अनिलको नाम जोडेर गरिएको...
--4432

नेकपाद्वारा नेता अनिलको नाम जोडेर गरिएको भ्रमपूर्ण टिप्पणीको खण्डन

नेकपाद्वारा नेता अनिलको नाम जोडेर गरिएको भ्रमपूर्ण टिप्पणीको खण्डन

बिहिवार, बैशाख २९ २०७९
बिहिवार, बैशाख २९ २०७९
  • बुटवल । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालयले हालै जनआस्था अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर पार्टीका केन्द्रीय सदस्य अनिल शर्माको नाम जोडेर विभिन्न सामाजिक संंजालहरुमा गरिएको भ्रमपूर्ण टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय सचिव विजयले आज एक प्रेस विज्ञप्ती जारी गरी केन्द्रीय सदस्य अनिल जनआस्था पत्रिका र अनलाइनको कुनै पनि जिम्मेवारीमा नरहेको जान्दाजान्दै पनि अनावश्यक र नियोजित रुपमा जोडेर गरिएको त्यस किसिमको गलत प्रचारवाजीको खण्डन गरेका छन् ।

    साथै त्यस किसिमका आधारहीन विषय सम्प्रेषण नगर्न सम्बन्धित सबैमा विज्ञप्तीमार्फत आग्रह गरेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो पार्टी यस्ता कुनै पनि गलत प्रचारबाट भ्रममा नपर्न समेत सबैमा हार्दिक अनुरोध गर्दछ ।’      

     प्रेस विज्ञप्तिको पूरा पाठ-

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij