२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • बुटवल मिलनचोकमा बम विस्पोट :...
--4429

बुटवल मिलनचोकमा बम विस्पोट : विस्स्पोट स्थलमा नेकपा माओवादीको पर्चा भेटियो

बुटवल मिलनचोकमा बम विस्पोट : विस्स्पोट स्थलमा नेकपा माओवादीको पर्चा भेटियो

बिहिवार, बैशाख २९ २०७९
बिहिवार, बैशाख २९ २०७९
  • बुटवल ।  बुटवलको मिलनचोकमा भएको बम विष्फोटमा नेकपा माओवादीको पर्चा भेटिएको छ ।

    बुधबार साँझ बुटवलको मिलनचोकमा भएको बम विस्फोटमा नेकपा माओवादीको पर्चा भेटिएको ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी ढग बहादुर केसीले बताए ।

    प्रहरीले विष्फोट गराउनेको खोजि भइरहेको जनाएको छ । बम विष्फोट भएपछि स्थानीय वासिन्दा  त्रसित भएका छन् ।

    विष्फोटबाट बि११ रेष्टुरेन्टको झ्यालको सिसा चर्केको र पश्चिमाञ्चल निर्माण सामाग्री केन्द्रको दुई ओटा सटरमा प्वाल परेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार मानवीय क्षति भने भएको  छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।​

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij