२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
--4424

बुटवल उपमहानगरपालिकामा बेथितीः अख्यिारमा उजुरीको चाङ

बुटवल उपमहानगरपालिकामा बेथितीः अख्यिारमा उजुरीको चाङ

मंगलवार, बैशाख २७ २०७९
मंगलवार, बैशाख २७ २०७९
  • बुटवल । रुपन्देहीको बुटवल उमहानगरपालिका भित्र बेथितीहरुका चाङ भेटिएका छन् ।

    पटक पटक उत्कृष्ट नगरपालिको घोषणा भएको बुटवलमा पछिल्लो समय बेथितीहरु एक पछि अर्को गर्दै वृद्धि भएको पाइएको छ ।

    नगरपालिको अधिकार भित्र रहेका विभिन्न काममा बेथितीहरु बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

    अख्तियार दूरुपयोग अनुसन्धान आयोग बुटवलका अनुसार साउनदेखि अहिलेसम्म बुटवल उपमहानगरपालिका भित्र १५ वटा उजुरी परेका छन् ।

    जसमा ९ वटा उजुरीमा प्रारम्भिक अनुसन्धानको काम भएको छ , बाँकी ६ रहेका ६ वटा उजुरीमा अनुसन्धान सुरु भएको जनाएको छ ।

    बुटवल उपमहानगरपालिले निमार्ण गरेको सडकको गुणस्तर, भवन निमार्ण, शिक्षामा धेरै उजुरी परेका छन् ।

    ती उजुरी माथि छनाबिन प्र्रक्रिया आगडि बढेको अख्तियार बुटवलले जनाएको छ । 

    बुटवल उपमहानगरपालिकाले निमार्ण गरेका ठुला परियोनाहरुमा  आर्थिक अनियमिता भएको आंशका गरिएको छ । 

    पछिल्लो समय नगरपालिको प्रशासनिक भवन, बसपार्कमा कम्पलेक्स भनव निमार्ण गरेको थियो ।

    यी बाहेक अन्य  परियोजनाहरुमा पनि सुशासन नभएको  गुनासो बढेको छ ।

    पारदर्शी सरोकार समुह बुटवलका अध्यक्ष एव अधिवक्ता महेन्द्र पाण्डेयले बुटवल उपमहानगरपालिकामा स्थानीय तहबाट निमार्ण भएका कामहरुमा गुणस्तर पारदर्शिता नहुदाँ नगरिकमा आंकशा उत्पन्न भएको बताउनु भयो ।

    उहाँले नगरपालिकाले दिने सेवा सम्वन्धी कामहरुमा ध्यान नदिएर सुशासन स्थापना गर्नमा चुकेको बताउनु भयो । 

    यता बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले धेरै कामहरु स्थानीय उपभोत्ता समिति मार्फत गर्दा आन्तरिक रुपमा बस्न नपाएका व्यक्तिहरुले अख्तियार तिर उजुरी दिएको हुन सक्ने बताउनु भयो ।

    उहाँले नगरपालिकामा भएका काम राम्रो भएको दावी गर्नुभयो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij