२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • पत्रकार र सञ्चार गृहको प्रबद्र्धन गर्ने...
--4419

पत्रकार र सञ्चार गृहको प्रबद्र्धन गर्ने सिद्धार्थनगर एमालेको प्रतिबद्धता  

पत्रकार र सञ्चार गृहको प्रबद्र्धन गर्ने सिद्धार्थनगर एमालेको प्रतिबद्धता  

शनिवार, बैशाख २४ २०७९
शनिवार, बैशाख २४ २०७९
  • भैरहवा, २४ बैशाख । पत्रकार र सञ्चार गृहको प्रबद्र्धनका लागि नेकपा एमाले सिद्धार्थनगरले बृहत योजनाका साथ काम गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ । 

    नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीको स्थानीय निर्वाचन २०७९ को प्रतिबद्धता पत्रमा सञ्चार क्षेत्रमा काम गर्ने पत्रकारलाई सम्मान गर्ने देखि सुरक्षा संरक्षणमा बिशेष ध्यान दिने उल्लेख गरेको छ । 

    नेकपा एमालले स्थानीय निर्वाचन २०७९ को प्रतिबद्धता पत्रको पेज नं ६ मा छैठौँ बूँदामा सिद्धार्थनगरमा प्रधान कार्यलय रहेका सञ्चार गृहको संरक्षणो लागि÷प्रबद्र्धनका लागि विशेष योजना ल्याइने एमालेले प्रतिबद्धता पत्रमा घोषणा गरेको छ । 

    त्यसैगरि सिद्धार्थनगर नगरपालिकाले स्थापना गरेको पत्रकारीता अक्षय कोष बढाएर ५ वर्ष भित्र ५० लाख पुर्याउने प्रतिबद्धता ब्यक्त गरेको छ । 

    नेकपा एमाले सिद्धार्थनगरबाट मेयरका उम्मेदवार डाक्टर राम प्रसाद बस्याल र उप मेयरका उम्मेदवार उमा अधिकारी हुन् ।

    डाक्टर राम प्रसाद बस्यालले निर्वाचनमा नेकपा एमालेलाई मत दिन आग्रह गर्दै एमालेले गरेका बाँकि विकासका कामहरु पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । 

    भैरहवामा रहेको लुम्बिनी प्रेस क्लवको सहकार्यमा पत्रकारिता प्रशिक्षण प्रतिष्ठानको लागि जग्गा ब्यवस्था गरिनुका साथै उत्कृष्ट पत्रकारलाई सम्मान गरिने नेकपा एमालेले प्रतिबद्धता ब्यक्त गरेको छ ।

    नेकपा एमालेले २०७४ सालको स्थानीय निर्वाचनमा मेयर उपमेयर सहित बहुमत अध्यक्ष र सदस्य जितेको थियो ।

    २०७९ साल बैशाख ३० गते हुन लागेको स्थानीयन निर्वाचनमा समेत नेकपा एमालेले बहुमत सहित चुनाव जित्ने ठोकुवा गरेको छ । 
    ...

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij