बुटवल । बैशाख ३० गतेको स्थानिय तह चुनाबको नतिजा आफ्नो पक्षमा पार्न दलहरुले विभिन्न रणनीति सहित बुटवलका वडा–वडामा आफ्नो चुनावी प्रचार अभियानलाई तिब्र पारिरहेका छन् ।
सायद दिउँसोमा प्रचण्ड गर्मी हुने भएकाले मंगलबार पनि सधैं झै बिहानैदेखि बुटवलका ट्राफिकचोक, मिलनचोक, तीनकुने, चैराहा, देवीनगर, सुख्खानगर, बेशक्याम्प लगायतका सडक र चोकहरुमा उम्मेद्वारका फोटाका व्यानर र माइकिङ्ग सहित ई–रिक्साहरु बाक्लै रुपमा कुदिरहेका देखिन्थे ।
यस्तैमा, घडिमा सात बज्दा नबज्दै बुटवल शहरको मध्ये भाग एवं होटल तथा रेष्टुरेण्ट हबको रुपमा विकास हुँदै गरेको तीनकुने चोकमा आफ्ना समर्थक सहित देखिनुभयो बुटवल उपमहानगर वडा नं ९ का अध्यक्ष पद्का उम्मेद्वार भोज बहादुर बुढाथोकी ।
नेकपा एमाले र जनमुक्ति पार्टी गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका बुढाथोकी साच्चिकै कम्युनिष्ट पार्टीका खाटी उम्मेद्वार देखिनुहुन्थ्यो । सामान्य स्टकोट, पाइन्ट र ढाकाटोपीमा सजिएका उहाँ घरदैलोमा मतादातासंग नौलो भने हुनुहुन्नथ्यो ।
अध्यक्षमा पहिलो पटक उम्मेद्वारी दिएको भएपनि उहाँ यसअघि सामाजिक कामबाट सधै जनताको घर–घरमा पुग्ने भएकाले हरेक मतदाताको घरमा पुग्दा उहाँलाई खादा, अविर र मालाले स्वागत र बधाई सहित जीतको आशिर्वाद दिनेहरुको कुनै कमी थिएन ।
जनताका बीचमा भिजेका मृदुभाषी, शालिन र स्वच्छ छवी बनाएका भोज बहादुर बुढाथोकी मतदाताका घरमा पुग्ने क्रममा मतदाताले दिएका सुझाव र उनीहरुका इच्छा र अपेक्षा पुरा गर्ने वाचा सहित अध्यक्षमा आफुलाई मत दिन अपिल गर्नुहुन्थ्यो ।
बुटवल उपमहानगर वडा नं ९ को कुनै–कुनै गल्लिहरु साँगुरा र बीस फुटे बाटो कायम हुन नसकेका ठाउँका मतदाताले बाटा फराकिलो पार्नका लागि पहल गर्न बुढाथोकीलाई अनुरोध गरीरहेकाहरु देखिन्थे ।
विकास र पूर्वाधारका सन्दर्भमा उनीहरुको एउटै माग छ सडक फराकिला र सफा होस जस्ले गर्दा व्यापार र व्यवसाय गर्नका लागि सहज होस र बढ्दो शहरीकरणको मानवीय चापले सडकहरुमा ट्राफिक अवरोध नबढुन् ।
उहाँले भने मतदाताहरुलाई आफु वडा अध्यक्षमा विजयी भएपछि समस्या समाधान हुने वाचा र आश्वासन सहित प्रतिबद्धता व्यक्त गर्नुहुन्थ्यो । वडा नं ९ को अध्यक्षमा आफ्नो जीत सुनिस्चित भइसकेको दावी गर्दै उहाँले मतदातासंग आफ्नो अमूल्य मत अन्त खेर नफाल्न अपिल गर्नुभएको छ ।
अध्यक्षमा आफ्नो विजय पश्चात वडावासीलाई सुशासन, भौतिक विकास र मानवीय संशाधनको विकासको प्रत्याभूति कस्तो हुन्छ भन्ने कुराको महसुस हुने गरि काम गर्ने मतदाता समक्ष वाचा गर्नुभएको छ ।
उम्मेद्वार बुढाथोकीले वडाको विकासका लागि बसपार्कलाई आधुनिक टर्मिनलको रुपमा विकास गर्दै बहुतल्ले, बहुउद्देश्यीय पार्किङ्ग सहितका व्यवसायिक भवनहरु निर्माण गर्ने, १६÷३६ कुलोलाई थप व्यवस्थित गर्ने, बुटवलको समस्या बन्दै गइरहेको छाडा चौपायाको व्यवस्थापन, हरियाली वडा र विशेषगरि महत्वका साथ नमूना रात्रिकालिन प¥यटकीय बजारको रुपमा वडालाई विकास गर्ने योजनाका साथ आफु अगाडि बढ्ने संकल्प सहित जनताको सेवकको रुपमा अध्यक्षको उम्मेद्वार बनेको बुढाथोकी बताउँनुहुन्छ ।
बुटवल उपमहानगरपालिका वडा नं ९ का अध्यक्षको उम्मेद्वार बन्नुभएका भोज बहादुर बुढाथोकी सहित महिला सदस्यमा बीमला श्रेष्ठ, दलित महिला सदस्यमा शोभा सार्की, खुला सदस्यहरुमा विजय गुरुङ्ग र शिब बहादुर अधिकारीले उम्मेद्वारी दिनुभएको छ ।
