बुटवल । आन्दोलनरत अखिल (क्रान्तिकारी) र लुम्बिनी बौद्ध विश्वबिद्यालय दुवै पक्षका प्रतिनिधिहरुबिच केन्द्रीय क्याम्पस लुम्बिनीमा बार्तापछि सहमति पत्रमा हस्ताक्षर भएको छ ।
आन्दोलनरत पक्षले बुझाएको मागपत्रको आधारमा दुवै पक्षबीच ९ बुँदे सहमति भएको हो । बिद्यार्थीहरुको माग पुरा गर्न विश्वविद्यालय सहमत भएपछि सहमति पत्रमा अखिल (क्रान्तिकारी)का सिटी कलेज कमिटी अध्यक्ष आविस पौडेल र विश्वबिद्यालय प्रशासन प्रमुख चुडामणि पोखरेलले हस्ताक्षर गरेका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालय, सिटी कलेजमा अध्ययनरत विद्यार्थीहरुको नेतृत्व गर्दै अखिल (क्रान्तिकारी) सिटी कलेज कमिटीले विगतदेखि नै मौखिक रुपमा विभिन्न शैक्षिक मागहरु राखेर आन्दोलन गरिरहेको भएपनि आलटाल गरिरहेको थियो ।
माग सुनुवाई नभएपछि गत चैत्र ३० गते लिखित मागपत्र बुझाएर आन्दोलन चर्काएको थियो । आन्दोलनरत बिद्यार्थीहरुको माग सम्बोधन गर्न चौतर्फी दबाब सिर्जना भएपछि विश्वविद्यालयले माग पुरा गर्न सहमत भएको हो ।
आन्दोलनरत बिद्यार्थीहरुको केही माग भने अध्ययन समितिको प्रतिवेदन आएपछि दुबै पक्ष बसि छलफल गरेपछि निर्णय लिने जनाइएको छ ।
सहमति पत्र को पूर्ण पाठ ः

