२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • अखिल नेपाल (क्रान्तिकारी) ट्रेड युनियन महासंघ...
--4360

अखिल नेपाल (क्रान्तिकारी) ट्रेड युनियन महासंघ पाल्पाको दोस्रो जिल्ला भेला सम्पन्न 

अखिल नेपाल (क्रान्तिकारी) ट्रेड युनियन महासंघ पाल्पाको दोस्रो जिल्ला भेला सम्पन्न 

आइतवार, बैशाख १८ २०७९
आइतवार, बैशाख १८ २०७९
  • पाल्पा । १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल (क्रान्तिकारी) ट्रेड युनियन महासंघ पाल्पाको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ ।

    भेलाले राजिव भट्टराईको अध्यक्षतामा ७ सदस्सीय कमिटी गठन भएको घोषण गरेको छ ।

    कार्यक्रम प्रमुख अतिथि पाल्पा जिल्ला सेक्रेटरी मीन आले (नेपाल), अतिथिहरु पाल्पा जिल्ला सचिवालय सदस्य तथा शहिद परिवार समाज नेपाल पाल्पाका संयोजक आकाश, जिल्ला सदस्य तथा युवा संगठन नेपाल पाल्पाका अध्यक्ष क. लिलाको उपस्थिती रहेको थियो ।

    कार्यक्रमलाई  सम्बोधन गर्दै जिल्ला सेक्रेटरी नेपालले देशमा मजदुरहरुको हक अधिकार अझै प्राप्त नभएको उल्लेख गरे ।

    दलाली राज्यसत्ताबाट उत्पीडित मजदुरहरुको ठूलो समस्या ज्यूँका त्यूँ रहेको र यसको मुक्तिको लागि नेकरशाही दलाल संसदीय व्यवस्थाबाट संभव नहुने बताउदै यो ठूलो हिस्साको समाधान एकिकृत जनक्रान्तिको माध्यामबाट बैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना पछि मात्र हुने बताए ।

    आगामी  स्थानीय तहको निर्वाचनमा एमसीसी पक्षधरलाई वहिष्कार गर्दै स्वच्छ छवि भएका जनपक्षीय स्वतन्त्र उम्मेद्वारलाई समर्थन रहने बताए ।

    कार्यक्रम राजिव भट्टराईको अध्यक्षता र कर्ण नेपालीको सञ्चालनमा भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij