२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--4357

कर्णालीले २७ खेलमा भाग लिने

कर्णालीले २७ खेलमा भाग लिने

आइतवार, बैशाख १८ २०७९
आइतवार, बैशाख १८ २०७९
  • काठमाडौँ — गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशले २७ खेलमा सहभागिता जनाउने भएको छ । राखेपका अनुसार प्रशिक्षक र व्यवस्थापक गरी कर्णालीबाट ५ सय ६० जनाको सहभागिता रहने छ ।

    खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद परिषद्लाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । खेलाडीसहितको टोलीलाई आवश्यक पर्ने खेल सामाग्री, पोसाक र किट ब्याग खरिदका लागि सार्वजनिक सूचना समेत आह्वान भइसकेको छ ।

     

    बन्द प्रशिक्षण जेठ २ गतेबाट सुरु हुने छ । नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म हुने छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij