२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • विद्युत आपूर्तिलाई नियमित गर्न बुटवल उद्योग...
--4355

विद्युत आपूर्तिलाई नियमित गर्न बुटवल उद्योग वाणिज्य संघको आग्रह

विद्युत आपूर्तिलाई नियमित गर्न बुटवल उद्योग वाणिज्य संघको आग्रह

आइतवार, बैशाख १८ २०७९
आइतवार, बैशाख १८ २०७९
  • बुटवल । विगत एक महिनादेखि विद्युत आपूर्तिमा अनियमितता, ट्रिपिङ तथा लो–भोल्टेजका कारण बुटवल तथा आसपासका उद्योग प्रतिष्ठानहरुमा समस्या उत्पन्न भएको भन्दै बुटवल उद्योग वणिज्य संघ रुपन्देहीले विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।

    संघले एक विज्ञप्ती जारी गरि अनियमित विद्युत आपूर्तिले उत्पादन आपूर्ति, यन्त्र उपकरण विग्रिने, कच्चा पदार्थको वेष्टेज बढ्ने र जसका कारण उत्पादन लागत बढ्ने भन्दै समस्या समाधानको लागि समेत प्राधिकरण र मातहतका कार्यालयहरुमा आग्रह गरिएको हो ।

    संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूद्वारा हस्ताक्षरित विज्ञप्तीमा नेपाल सरकारले हालै मात्र आयात कमी गर्ने नीति लिएको सन्दर्भमा विद्युतका कारण औद्योगिक उत्पादनको लागत बढ्ने र पेट्रोलियम पदार्थको उपभोग बढ्ने भएकोले समग्र अर्थतन्त्रमा समेत असर पुने देखिएको उल्लेख गरिएको छ ।

    त्यस्तै औद्योगिक उत्पादनलाई सहज गर्न र अर्थतन्त्रलाई थप असर पर्न नदिन विद्युत आपूर्तिलाई नियमित गर्न माग गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij