बुटवल । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहीवार सुन तस्कर सहित विमानस्थलमा काम गर्ने तीन कामदार पक्राउ परेका छन् ।
दुबईबाट आएको हिमालय एयरलाइन्सको विमानमा सवार तस्करले शौचालयको डस्वीनमा लुकाइ ल्याएको थियो । करिव दुई करोड मूल्य बराबरको २ किलो ३५० ग्राम सुन सहित तस्कर र विमानस्थलका तीन कामदार पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सुनगाभा कम्पनीका विमान सफा गर्ने कामदार सुमन तामाङ्ग, भीम अवाले र उनीहरुका सुपरभाइजर ताराकान्त चौधरी रहेका छन् । चौधरीलाई मिलेमतोक आशंकामा पक्राउ गरेको बताइएको छ । यस अघि पनि संगठित रुपमा सुन तस्कर गर्दै आइरहेको हुन सक्ने प्रहरीको आशंका छ ।
तस्करीले लुकाइ ल्याएको सुन ति कमदारहरुले आफ्नो पर्समा लुकाएर पास गर्ने प्रयास गरेको बताएको छ । सुन तस्करीमा कस्को संलग्नता छ भन्ने नखुलेको विमानस्थल प्रहरी कार्यालयका एसएसपी भीम ढकालले बताए ।
विमान सफा गर्ने क्रममा कामदारले शौचालयबाट निकालेर आफुसंग राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । विमान सफा गर्ने कर्मचारी सफाइ पछि आन्तरिक टर्मिनलको गेट हुँदै बाहिरिने क्रममा उनीहरुको पर्स ठूलो देखेर शंका लागी एक्स्रे मेशिनमा राख्दा सुन पत्ता लागेको हो ।
सुन तस्करी विमानबाट अन्तिममा झरेका थिए ।
नेपाल एयरलाइन्सले सुनगाभा कम्पनीसंग संझौता गरि विमानस्थलमा खटाउदै आएको थियो । यस्ता निजि कम्पनीको कामदारलाई संवेदनशील क्षेत्रमा खटाउने तर उनीहरुमाथि प्रयाप्त चेक जाँच नहुदा तस्करीमा संलग्न भएको अनुमान गरिएको छ ।
