२०८३, कार्तिक २८ गते

Nov 13 2026

Logo

२०८३, कार्तिक २८ गते | Nov 13 2026

images
  • समाचार
  • एकिकृत समाजवादीद्धारा ऐजेन्डा जनतामाझ पुु¥याउन प्रचार...
--4334

एकिकृत समाजवादीद्धारा ऐजेन्डा जनतामाझ पुु¥याउन प्रचार डेस्क स्थापना

एकिकृत समाजवादीद्धारा ऐजेन्डा जनतामाझ पुु¥याउन प्रचार डेस्क स्थापना

शुक्रवार, बैशाख १६ २०७९
शुक्रवार, बैशाख १६ २०७९
  •  

    बुुटवल । नेकपा एकिकृत समाजवादी रुपन्देहीले प्रचार प्रसारलाई व्यवस्थित बनाउने निर्णय गरेको छ । विहिबार बुटवलमा बसेको प्रचार विभागको बैठकले समाजवादीका तर्फबाट उम्मेद्वारहरुको चुनावी ऐजेन्डा, स्थानीय तहका लागि बनाएका योजनाहरुलाई प्रचार प्रसारमा सहयोग गर्ने गरि प्रचार डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।
     
    प्रचार विभाग प्रमुख सरिता श्रीसको अध्यक्षत तथा पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा। बालकृष्ण चापागाईको प्रमुख आतिथ्यतामा बसेको बैठकले बुटवल र भैरहवामा प्रचार डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।

     
    प्रचार डेस्कले भ्रमहरुलाई चिर्दै उम्मेद्वारहरुको ऐजेन्डा आम जनतामाझ पुु¥याउन समन्वयन गर्ने जनाइएको छ । पछिल्लो समय निर्वाचन भडकिलो र खर्चिलो बन्दै गएको अवस्थामा समाजवादीका उम्मेद्वारहरुको ऐजेन्डालाई जनताको विचमा लैजाने गरि काम गर्नुुपर्नेमा पार्टीका इन्चार्ज डा. चापागार्ईंले आग्रह गरे ।

    उनले उम्मेद्वारहरुको सत्य र यर्थाथ विवरण मात्रै सार्वजनिक गर्न सके जनताले को सही को बेठिक भन्ने छुुट्याउने बताए ।
     
    नेकपा एकिकृत समाजवादी रुपन्देहीका अध्यक्ष राजु गुरुङले आफूहरुल एमालेमा दक्षिणपन्थी अवसरवाद हावी भएकाले त्यहाँबाट विद्रोह गरेर बनेको पार्टी भएको बताए । उनले आफूहरुले सबै वर्ग क्षेत्र समुदायको प्रतिनिधित्व हुने गरि उम्मेद्वार तय गरिएको बताए ।
     
    प्रचार विभागका प्रमुख सरिता श्रीसले प्रचार डेस्कले प्रोपोगान्डा भन्दा पनि सत्य र तथ्यका आधारमा समाजवादीको ऐजेन्डा जनतामाझ पुु¥याउनुपर्ने बताईन । प्रचार डेस्कमा समाजवादी प्रेस संगठन रुपन्देहीले समन्वयको भूमिका निर्वाह गर्नेछ । 

    नोट : यो समाजवादी प्रेस संगठन रुपन्देहीले सञ्चालन गरेको जानकारी गराइन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij